Dr. Harka Gurung Discussion Series
जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र सिड्स प्राज्ञिक परिषदले डा. हर्क गुरुङको सम्मानार्थ प्रत्येक अङ्ग्रेजी महिनाको १ र १५ तारिख पाक्षिक रुपमा राजनीतिक सामाजिक सांस्कृतिक आर्थिक तथा समसामयिक विषयमा 'डा. हर्क गुरुङ बहस शृङखला' गर्ने गर्दछ । यस शृङखलाको मुख्य उद्धेश्य विभिन्न क्षेत्रका स्वतन्त्र व्यक्तित्वहरु नागरिक समाज युवाविद्यार्थी विज्ञ पत्रकार वकिल अनुसन्धानकर्ता लगायतलाई विविध समसामयिक विषयमा आफ्नो स्वतन्त्र विचार राख्ने माच उपलब्ध गराउनु हो । स्वतन्त्र विचार राख्ने र साझा धारण बनाउने जसले समाजमा परिवर्तन ल्याउन टेवा दिने नै यस बहस शृङखलाको विशेषता हो ।
डा. हर्क गुरुङ बहस शृङखला २००९ सेप्टेम्बर १५ तारिखदेखि शुरुवात गरिएको हो । जसअन्तर्गत पहिलोपटक 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणः स्व. डा. हर्क गुरुङका विचारहरुको महत्व र सान्दर्भिकता' विषयमाथि संवैधानिक संवाद केन्द्र सिसिडिमा खुल्ला छलफल भएको थियो । दोस्रो 'डा. हर्क गुरुङ बहस तथा छलफल शृङखलाको ढाँचा के र कस्तो हुने' १५ नोभेम्बर २००९ विषयमाथि छलफल भएको थियो । जसमा डा. हर्क गुरुङको स्वभावअनुरुप अरु सहभागीको कुरा सुनेपछि मात्र विचार राख्ने 'रिभस्र टु डाउन' शैली अबलम्बन गरिने र सोहीबमोजिम सबै शृङखला सम्पन्न गर्दै आएको छ । तेस्रो 'आदिवासी जनजाति बृहत राष्ट्रिय मोर्चाको सान्दर्भिकता र महत्व' १ डिसेम्बर २००९ विषयमा डा. कृष्णबहादुर भट्टचन स्रोतव्यक्तिको रुपमा रहेका थिए । चौथो 'संघीयतामा विविधताको व्यवस्थापन' (डाइभसर्टि म्यानेजमेन्ट इन फेडरलिज्म) १५ डिसेम्बर २००९ विषयमा प्रा। माइकल किटिङ स्रोतव्यक्तिका रहेका थिए ।

CEADS has been regularly organizing Late Dr Harka Gurung Discussion/Lecture Series on contemporary issues. According to its regular Schedule, the upcoming 16th Dr Harka Gurung Discussion Series is going to be held in the following Title, Venue, Date and Time. We heartily request you all to attend in this program.
अंग्रेजी महिनाको १ र १५ तारिख