हरेक अंग्रेजी महिनाको १ र १५ तारिख
डा. हर्क गुरूङ बहस शृङ्खला
आयोजक: प्राज्ञिक परिषद्, डा. हर्क गुरूङ बहस शृङ्खला
व्यवस्थापक: जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र, ललितपुर, नेपाल
जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र (सिड्स), प्राज्ञिक परिषदले नेपालको भौगोलिक, आर्थिक, राजनीतिक तथा जनजातीय क्षेत्रमा बौद्धिक, प्राज्ञिक र नीतिगत विचार प्रवाह गर्ने उद्देस्यले प्रत्येक अंग्रेजी महिनाको १ र १५ तारिखमा समसामयिक विषयमा स्वर्गीय डा. हर्क गुरूङ बहस शृङ्खला निरन्तर गर्ने गर्दछ । तर, १ र १५ तारिखमा सार्वजनिक बिदा परेको दिन त्यसको भोलिपल्ट गर्ने गरिन्छ । विशेष कारणबश शृङ्खला रोकिएमा फोन तथा इमेलबाट जानकरी गराइन्छ । छलफल तथा बहस समसामयिक विषयमा केन्द्रित गरिन्छ । सिड्सद्वारा गरिने हरेक छलफल फोन तथा इमेलबाट जानकारी गराइन्छ । तपाइँलाइ त्यस्तो जानकारी पाउने इच्छा छ भने हामीलाइ आफ्नो इमेल ठेगाना दिनुहोस् वा सिड्सको इमेल ठेगाना This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it / This e-mail address is being protected from spambots. You need JavaScript enabled to view it मा इमेल पठाउनुहोस् । प्रत्येक छलफलको जानकारी www.ceads.org.np मा पनि हेर्न सकिनेछ ।
क. बैचारिक बहश श्रृङखला किन?

ख. कसरी सञ्चालन गर्ने? 
उपरोक्त आवश्यकताहरुलाई मनन गरी नेपाली समाजको विकास निर्माणमा स्व. हर्क गुरुङ्ले दिनुभएको योगदानलाई प्रेरणा ठान्ने बौद्धिक तथा प्राज्ञिक क्षेत्रका व्यक्तित्वहरुको अगुवाइमा एउटा प्राज्ञिक समिति निर्माण गर्ने र सो समितिले डा. हर्क गुरुङ वैचारिक बहश श्रृङ्खला को निरन्तर सञ्चालन तथा व्यवस्थापन गर्ने। यो कुनै गैरसरकारी सरकारी संघ―संस्था जस्तो दर्ता भै आफ्नो कुनै चल अचल सम्पति निर्माण गर्ने जस्ता क्रियाकलापमा संलग्न हुने भन्दा पनि स्वतन्त्र विचार निर्माण र क्रियाकलाप गर्ने उद्देश्यले अभिप्रेरित पहल हो। यसको परिकल्पना, निर्माण र निरन्तरताको ध्येय जनजाति तथा बैकल्पिक विकास केन्द्रले गरेको सन्दर्भमा प्राज्ञिक समिति जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र (सिड्स)को सामिप्यतामा रही कार्य गर्नेछ। यसको अर्थ सिड्सले संस्थागत भूमिका निर्वाह गर्नु पर्ने जतिपनि कार्यहरु हुन्छन, त्यसको जिम्मेवारी सिड्सको हुने छ।
ग. प्राज्ञिक समितिमा को छन? 
मानार्थ संरक्षकः भाषाअधिकारकर्मी पद्मरत्न तुलाधर
१. प्रा.डा. नोवल किशोर राईः भाषा विज्ञान केन्द्रीय विभागमा अध्यापनरत
२. प्रा.डा. राम प्रकास चौधरीः बनस्पति विज्ञान केन्द्रीय विभागमा अध्यापनरत
३. योगेन्द्र बहादुर गुरुङः जनसंख्या अध्ययन केन्द्रीय विभागमा अध्यापरत
४. सुरेश ढकालः समाजशास्त्र तथा मानवशास्त्र केन्द्रीय विभागमा अध्यापनरत
५. कमला हेमचुरीः दलीत अधिकारमूखि आन्दोलनकर्मी तथा अध्ययन अनुसन्धानमा कार्यरत,
५. संगिता लामाः स्वतन्त्र पत्रकार तथा बातावरण पत्रकारसमुहसंग आबद्ध
७. झकेन्द्र घर्तिमगरः संघीयता सम्बन्धि अध्ययन तथा अनुसन्धानमा संलग्न।
घ. शृङ्रखलामा के विषयहरुमा बहश हुन्छन? 
सामाजिक, आर्थिक, सांस्कृतिक, राजनीतिक, तथा प्राकृतिक― जैविक, भौत्तिक, विज्ञानसंग सम्बन्धित विगत, वर्तमान र भविश्यकालिन महत्व राख्ने सान्दार्भिक विषयहरुमा खुला बहश सञ्चालन हुनेछ। कार्यक्रममा बहशमा ल्याउनु पर्ने विषयको सान्दार्भिकता प्राज्ञिक समिति एक महिना पहिलेनै चयन गरी प्रकासन गर्नु पर्नेछ। तदअनुरुप सूचना, निमन्त्रणा तथा आवश्यक व्यवस्थापन सिड्सले मिलाउनु पर्नेछ।
ङ. शृङ्रखला कहिले, कहाँ, र कुन समयमा सञ्चालन हुन्छ?
कार्यकर्म स्थलः सातोआकी भवन, प्रतिभा पुस्तक कार्यकक्ष हरेक अंग्रेजी महिनाको १ र १५ गते पाक्षिक रुपमा कार्यक्रम सञ्चालन हुनेछ ।
कार्यक्रम समयः दिउँसो ३ः३० देखि ६ः३० बजे र हिउँद महिनामा ३ः०० देखि ६ः०० बजे सम्म हुनेछ।
च. कार्यक्रमको ढाँचा कस्तो हुन्छ? 
विगतको तुलनामा एकप्रकारले बन्द नेपाली समाज सरकारी, गैरसरकारी तथा अन्तराष्ट्रिय संघसंस्थाहरु र विभिन्न राजनीतिक परिवर्तन तथा बौद्धिक प्रयत्न र अन्तरक्रियाबाट पर्याप्तमात्रामा खुल्न सकेको छ। सामान्यतया कार्यक्रमहरुमा कुनै प्रतिष्ठित वा माननीय व्यक्तित्वहरुको विचार सुनेर लाभान्वित हुने संस्कृतिमा एकातिर बिस्तारै ह्रास आउन थालेको होकी भन्ने अवस्थाछ भने अर्कोतिर प्रतिष्ठित व्यक्ति वा माननीय व्यक्तित्व कसलाई मान्ने त्यसको मानकमानै पनि प्रश्नहरु उठिरहेको सन्दर्भमा एउटा वैकल्पिक उपाय अवलम्बन गर्नु व्यवहारिक देखिन्छ।
- सम्बन्धित विषयमा बोल्न चाहाने कम्तिमा ६ जना व्यक्तिहरुले कार्यक्रम सुरुहुनु पूर्व सचिवालयमा वा कार्यक्रम स्थलमा जानकारी गराउनु पर्नेछ।
- कार्यक्रमको अन्तमा चिया खर्चका लागि एउटा स्वैच्छिक सहयोग बाकस राखिनेछ, त्यसमा सहयोगको लागि दिइएको हिसाब कार्यक्रम सञ्चालनको लागि उपयोग गरिनेछ। स्वैच्छिक सहयोग एकपटकमा अधिकतम रु. १०० ननाँघी गर्न सकिनेछ। हरेक पटक उठेको रकम अर्को कार्यक्रममा जानकारी गराइनेछ।
- विषयबस्तुसंग सम्बन्धित विज्ञ स्रोत व्यक्तिका रुपमा कम्तिमा १ हप्ता अगावै सम्पर्क गरी उनलाई निम्तो गरिनेछ। उनको उपस्थितिमा कार्यक्रमको सुरुवात भै उनीबाट कार्यक्रमको अध्यक्षता, सहजीकरण, र बहशको अन्त गर्नु पर्ने छ।
- डा. हर्क गुरुङको नक्सा अंकित फलेक्स कार्यक्रम स्थलमा टाँगिनेछ।
- बहशको विषय टाँगिनेछ।
- कार्यक्रम स्थलको अग्रभागमा स्रोत व्यक्तिका लागि एउटामात्र मेच राखिनेछ।

- कार्यक्रम सञ्चालन भएको जानकारी स्रोत व्यक्तिले दिन अगावै कार्यक्रम सहजीकरण गर्न प्राज्ञिक समितिका सचिव/सदस्यले कार्यक्रम सञ्चालन हुन पूर्व आवश्यक सूचना, जानकारी केहिछ भने ति दिई सके पश्चात कार्यक्रम स्थलमा स्रोत व्यक्तिलाई आमन्त्रण गरी कार्यक्रम सञ्चालन गर्न स्रोत व्यक्तिलाई अनुरोध गर्नु पर्ने छ।
- कार्यक्रमको पहिलो १ घण्टा स्वतन्त्र विचार अभिव्यक्तिका लागि स्रोत व्यक्तिले कार्यक्रम सञ्चालन पूर्व निर्मित नामावली अुनुरुप क्रमै संग विचार अभिव्यक्तिको लागि अनुरोध गर्नेछन। हरेकलाई १० मिनट। व्यक्त विचारहरुमाथि कसैको टिका टिप्पणी छ भने हरेकलाई ३ मिनटका दरले ५ जनलाई समय दिनेछन।
- समबन्धित विषयमा विभिन्न कोणबाट आएका विचारहरु प्रति आफ्नो दृष्टिकोण सहित स्रोत व्यक्तिले १० मिनट देखि १५ मिनट भित्र विचार दिई कार्यक्रमको अन्त भएको घोषणा ।
हरेक श्रृङ्खलामा बहशमा आएका कुनै नवीन विचार, उदाहरणीय विश्लेषण र जानकारीहरु आम पाठक समक्ष पूर्याउन अभिलेखन, मुद्रण, प्रकासन र वितरणका लागि (निजी प्रकासन गृह/ उद्यमी व्यक्ति वा समुहलाई उत्प्रेरित गरी) भिन्नै व्यवस्थापन गरिनेछ।


