जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र सिड्स प्राज्ञिक परिषदले डा. हर्क गुरुङको सम्मानार्थ प्रत्येक अङ्ग्रेजी महिनाको १ र १५ तारिख पाक्षिक रुपमा राजनीतिक सामाजिक सांस्कृतिक आर्थिक तथा समसामयिक विषयमा 'डा. हर्क गुरुङ बहस शृङखला' गर्ने गर्दछ । यस शृङखलाको मुख्य उद्धेश्य विभिन्न क्षेत्रका स्वतन्त्र व्यक्तित्वहरु नागरिक समाज युवाविद्यार्थी विज्ञ पत्रकार वकिल अनुसन्धानकर्ता लगायतलाई विविध समसामयिक विषयमा आफ्नो स्वतन्त्र विचार राख्ने माच उपलब्ध गराउनु हो । स्वतन्त्र विचार राख्ने र साझा धारण बनाउने जसले समाजमा परिवर्तन ल्याउन टेवा दिने नै यस बहस शृङखलाको विशेषता हो ।
डा. हर्क गुरुङ बहस शृङखला २००९ सेप्टेम्बर १५ तारिखदेखि शुरुवात गरिएको हो । जसअन्तर्गत पहिलोपटक 'संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको निर्माणः स्व. डा. हर्क गुरुङका विचारहरुको महत्व र सान्दर्भिकता' विषयमाथि संवैधानिक संवाद केन्द्र सिसिडिमा खुल्ला छलफल भएको थियो । दोस्रो 'डा. हर्क गुरुङ बहस तथा छलफल शृङखलाको ढाँचा के र कस्तो हुने' १५ नोभेम्बर २००९ विषयमाथि छलफल भएको थियो । जसमा डा. हर्क गुरुङको स्वभावअनुरुप अरु सहभागीको कुरा सुनेपछि मात्र विचार राख्ने 'रिभस्र टु डाउन' शैली अबलम्बन गरिने र सोहीबमोजिम सबै शृङखला सम्पन्न गर्दै आएको छ । तेस्रो 'आदिवासी जनजाति बृहत राष्ट्रिय मोर्चाको सान्दर्भिकता र महत्व' १ डिसेम्बर २००९ विषयमा डा. कृष्णबहादुर भट्टचन स्रोतव्यक्तिको रुपमा रहेका थिए । चौथो 'संघीयतामा विविधताको व्यवस्थापन' (डाइभसर्टि म्यानेजमेन्ट इन फेडरलिज्म) १५ डिसेम्बर २००९ विषयमा प्रा। माइकल किटिङ स्रोतव्यक्तिका रहेका थिए ।
पाचौं 'गणराज्यहरुको घोषणाले राजनीतिक वृत्तमा ल्याएको गरमागरम्' १५ जनवरी २०१० विषयमाथिको बहसमा प्रा। कृष्ण खनाल र डा. केशवमान शाक्य अध्यक्ष नेपाः पार्टी स्रोतव्यक्ति रहेका थिए । छैठौं 'राज्य पुनःसंरचना तथा राज्यशक्ति बाँडफाँड समितिले प्रस्तावित गरेको १४ प्रान्तको खाका' १ फेब्रअरी २०१०माथिको बहसमा प्रा। डा. मंगलसिद्धि मानन्धर स्रोतव्यक्ति रहेका थिए । सातौं 'प्रस्तावित १४ प्रदेशले राजनीतिक सामाजिक र सांस्कृतिक वृत्तमा ल्याएको नयाँ हलचल तथा प्रस्तावित प्रदेशहरु आदिवासी जनजातिको पक्षमा भए नभएकोबारे गहिराईमा छलफलू १५ फेब्रअरी २०१० विषयमा डा. कृष्णबहादुर भट्टचन र सभासद परी थापा स्रोत व्यक्तिका रुपमा रहेका थिए । आठौं 'आदिवासी जनजातिका मुद्दाहरु तथा आगामी परिस्थिति र नयाँ संविधानमा आदिवासी जनजाति 'ककस'को भूमिका' १ मार्च २०१० विषयमाथिको बहसमा सभासदहरु इन्द्रबहादुर गुरुङ हितमान शाक्य र थममाया थापा मगर स्रोतव्यक्तिका रुपमा रहेका थिए । नवौं 'अबको नेपाल कता नौलो जनवादी गणतन्त्र बहुदलीय लोकतान्त्रिक गणतन्त्र संघीय लोकतान्त्रिक गणतन्त्र कि जताबाट आयो उतै' १५ मार्च २०१० विषयमाथिको बहसमा पत्रकार कनकमणि दीक्षित स्रोतव्यक्ति रहेका थिए । दशौं 'अबको नयाँ नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रको प्रस्तावित १४ प्रदेशमा दलितको स्थान कहाँ र के कि हिजोको भन्दा झन नाजुक' १ अपि्रल २०१० विषयमाथिको बहसमा सभासद पदमलाल विश्वकर्मा र छबिलाल विश्वकर्मा तथा यमबहादुर किसान स्रोत व्यक्तिका रुपमा रहेका थिए । एघारौं 'महासंघको नयाँ नेतृत्व कहाँ भावी संविधानमा आदिवासी जनजातिको अधिकार प्राप्तिको आन्दोलनमा राजनीतिक दलको स्वार्थसिद्धिमा कि पहिलेको भन्दा झन नाजुक' १६ अपि्रल २०१० विषयक बहसमा महासंघका अध्यक्ष राजकुमार लेखी निवर्तमान अध्यक्ष पासाङ शेर्पा आङकाजी शेर्पा महासचिव यशोकान्ति भट्टचन सचिव र डण्डु शेर्पा कोषाध्यक्ष लगायत स्रोतव्यक्तिका रुपमा रहेका थिए । बार् हौं 'आदिवासी जनजाति पुनःसुचिकरणः वास्तविक आदिवासी जनजाति को खसक्षेत्री आदिवासी हो सुचि परिमार्जन प्रतिबेदनमा के छ यसले आदिवासी जनजातिमाथि पार्ने प्रभाव कति र के' १६ मे २०१० विषयक बहसमा आदिवासी जनजाति सुचि परिमार्जन उच्च स्तरीय कार्यदलका सदस्यद्वय अमृत योन्जन तामाङ र होम याम्फू स्रोतव्यक्तिका रुपमा रहेका थिए । तेर् हौं 'जेठ १४ मा काटिएको चेक साटिन्छ कि रिवाउन्स हुन्छ साटिदा एमाओवादीले सत्ता पाउँछ जनताले नि रिवाउन्स हुँदा प्रधानमन्त्री माधव नेपाल सत्तामै रमाउँछन् तर जनता नि 'जनता' न हिजो सत्तामा थिए न आज । भोलि नि ? १ जुन २०१० विषयमाथिको बहसमा स्तम्भकार तथा राजनीतिक विश्लेषक सिकेलाल स्रोत व्यक्तिका रुपमा रहेका थिए । चौधौं 'कसैको 'सम्मान' छ कसैको ुअपमानु कसैको 'नाम' छ कसैको 'बदनाम' वास्तवमा भैरहेछ के काम ? १५ जुन २०१० विषयक बहसमा नागरिक आन्दोलनका अगुवा प्रगतिशील साहित्यकार समालोचक भ्रष्ट राजनीति तथा राजनीतिज्ञको कटु आलोचक खगेन्द्र स्रग्रौला स्रोतव्यक्तिका रुपमा रहेका थिए । डा. हर्क गुरुङ बहस शृङखला अहिले पन्घ्रौ शृङखलामा आइपुगेको छ । यस पन्ध्रौ शृङखलामा 'वाद' के हो 'विचारधारा' के हो विचारधारा कसको कहाँ कति र किन हो ? १ जुलाई २०१० विषयमाथिको बहसमा डा। मुक्तिसंह लामा मानवशास्त्री स्रोतव्यक्तिका रुपमा रहेका थिए ।