TV Talk Show "Sanghiya Nepal"

संघीय नेपाल टेलिभिजन कार्यक्रम

Print
PDF

जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र सिड्सले नेपाल टेलिभिजनबाट प्रत्येक हप्ता शनिबार बेलुकी ९ः५५ बजे र पुनः प्रसारण मंगलबार दिउँसो ३ः०५ बजे ुसंघीय नेपालु नामक ुटिभि टक शोु कार्यक्रम उत्पादन तथा प्रसारण २०१० जनवरी २३ २०६६ माघ ९ तारिखदेखि गर्दै आएको छ । लोकतान्त्रिक संविधान निर्माण प्रकि्रया र सबैको साझेदारी शासनव्यवस्था संघीयतामा योगदान पुर् याउनु नै यस कार्यक्रमको मूल ध्येय हो । यस कार्यक्रममा संघीयताका विभिन्न पक्षहरु सामाजिक समावशीकरण जनसहभागिता तथा वैकल्पिक धारका विचारहरुलगायत विषयवस्तुमा बहस गरिन्छ जसले समावेशी लोकतन्त्रलाई टेवा पुर् याउँछ ।

प्रकाशन

जनजाति तथा वैकल्पिक विकास अध्ययन केन्द्र सिड्सले नेपाल टेलिभिजनबाट प्रसारित संघीय नेपाल कार्यक्रम र डा। हर्क गुरुङ बहस शृङखलाको विषयवस्तुलाई अभिलेखीकरण तथा दस्तावेजीकरण गर्ने उद्धेश्यले शृङखलामा अभिव्यक्त विचारहरुको सम्पादित अंशलाई 'विशेषाङ्क' र 'संघीय नेपाल' नामक मासिक पत्रिका प्रकाशन गर्दै आएको छ । जसमा आदिवासी जनजाति लगायत विभिन्न लेख अनुसन्धान अनुसन्धानमूलक तथा खोजमूलक रिपोर्टिङलगायत विषयवस्तुहरु पनि समावेश गरिन्छ ।

यस अध्ययन केन्द्रले प्रा. लियोनेल कपलानद्वारा लिखित 'ल्याण्ड एण्ड सोसल चेन्ज इन इस्ट नेपाल' नामक अङ्ग्रेजी पुस्तक नेपालीमा अनवाद गरी 'पूर्वी नेपालका लिम्बु जाति र सामाजिक फेरबदल' नामक पुस्तक प्रकाशन गरिएको छ ।

सम्पन्न गरिएका कार्यक्रम
तालिम निर्देशिका निर्माण : आदिवासी अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं। १६९ को सफल कार्यन्वयनको लागि तालिमको माध्यमद्वारा आदिवासी जनजाति समुदायहरुको क्षमता अभिवृद्धि गर्ने उद्धेश्यले आइएलओ महासन्धी १६९ सम्बन्धी तालिम निर्देशिका तयार गरियो ।

प्रशिक्षक प्रशिक्षण तालिम (TOT): सिड्सले आइएलओ महासन्धी १६९ सम्बन्धी केन्द्रीय स्तरमा दुई चरण र क्षेत्रीय स्तरमा दुई चरण गरी प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । केन्द्रीय स्तरअन्तर्गत प्रशिक्षक प्रशिक्षण तालिम २००९ नोभेम्बर १४ देखि नोभेम्बर २८ तारिखसम्म ललितपुरको याक प्यालेसमा सम्पन्न भयो । त्यसैगरी २००९ डिसेम्बर ७ देखि ११ तारिखसम्म काठमाडौको साफ फाल्चामा दोस्रो प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भयो । क्षेत्रीय स्तरअन्तर्गत २०१० जनवरी ३ देखि ७ तारिखसम्म उदयपुरको गाइघाटमा र २०१० जनवरी ९ देखि १३ तारिखसम्म सुनसरीको धरानमा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भयो । केन्द्रीय र क्षेत्रीयस्तरको प्रशिक्षक प्रशिक्षण तालिमबाट १ सय २५ जना प्रशिक्षकहरु प्रशिक्षित भएका थिए ।

कार्याशाला गोष्ठी परामर्श बैठक
यस अध्ययन केन्द्रले नेपालका आदिवासी जनजाति नेतृत्व वर्गका बृहत अन्तर्राष्ट्रिय परामर्श बैठक २००९ सेप्टेम्बर २० देखि २१ तारिखमा धुलिखेलमा सम्पन्न गरेको थियो । सो गोष्ठीमा आदिवासी जनजाति सभासद तथा आदिवासी जनजाति नेतृत्व र विज्ञहरुसँग अन्तकि्रयात्मक बहस तथा छलफल भएको थियो । साथै गोष्ठीको उद्धेश्य नयाँ संविधान निर्माण प्रकि्रयामा आदिवासी जनजातिहरुको अधिकारका सवालमा साझा धारणा निर्माण गर्नु रहेको थियो ।

यस अध्ययन केन्द्रले अन्तर्राष्ट्रिय आदिवासी वर्ष अगस्ट ९ २००८ को अवसरमा ुसंघीय राज्य निर्माण र आदिवासी जनजातिको दृष्टिकोणु विषयक एक दिने कार्यशाला २००८ अगस्ट १५ २०६५ साउन ३१ मा सम्पन्न गरेको थियो ।

यस अध्ययन केन्द्रले सिमान्तकृत समुदायहरुको संवैधानिक सवालहरुमा ३ दिने कार्याशाला गोष्ठी २०१० अपि्रल ३ देखि ५ तारिखसम्म सुनसरीको धरानमा सम्पन्न गरिएको थियो । साथैसुनसरी र धनकुटामा जिल्ला स्तरीय सिमान्तकृत समुदायहरुको समन्वय समिति एमजिसिसि र दलित समन्वय समिति डिसिसि गठन गरिएको छ ।


द न्यु स्कुल अफ न्युयोर्कः अन्तर्राष्ट्रिय स्थलगत अध्ययन कार्यक्रम

सिड्स र द न्यु स्कुल अफ न्युयोर्क अमेरिकाको संयुक्त आयोजनामा २०१० जुन ९ २० र २७ मा संघीयता र सिमान्तकृत समुहहरुको सवालहरुमा विज्ञ र द न्यु स्कुल अफ न्युयोर्कका ग्राजुएट विद्यार्थीहरुबीच अन्तकि्रया सम्पन्न भएको छ । जसमा २०१० जुन ९ मा प्रा। कृष्ण खनाल र डा्. सेरा तामाङले क्रमशः 'Nepalese Republicanism' र 'The Stalement of Constitution Making Process and its Future Consequences' विषयमा अन्तकि्रयात्मक विचार राखेको थिए । जसमा बालकृष्ण माबुहाङ सहजकर्ताको रुपमा थिए । २०१० जुन २० मा डा. पीताम्बर शर्मा र बालकृष्ण माबुहाङले क्रमशः 'राज्यको पुनःसंरचना, संघियता र भौगोलिक दृष्टिकोण' र 'जातीय भाषिक र क्षेत्रीय दृष्टिकोण' मा अन्तकि्रयात्मक विचार राखेका थिए । जसमा प्रा। डा. नोवेलकिशोर राई सहजकर्ताको रुपमा थिए । त्यसैगरी २०१० जुन २७ मा डा. कृष्णबहादुर भट्टचन र डा. महेन्द्र लावतीले क्रमशः 'Affirmative Measures' र 'Social Inclusion' विषयमा अन्तकि्रयात्मक विचार राखेका थिए भने बालकृष्ण माबुहाङ सहजकर्ताका रुपमा थिए । सवै अन्तर्क्रियात्मक कार्यक्रममा विधार्थिहरूले सक्रिय सहभागिता देखाएका थिए ।

अध्ययन-अनुसन्धान

सिड्सले नेपालमा आदिवासी जनजाति आन्दोलनको उद्भवः एक समीक्षात्मक अध्ययनु २०६६ सालमा सम्पन्न गरेको थियो । सो अध्ययन टोलीमा जनक राई उपप्रध्यापक समाजशास्त्र मानवशास्त्र केन्द्रीय विभाग त्रिविवि र अमर तुम्याहाङ उपप्रध्यापक त्रिविवि रहेका थिए ।

आगामी कार्यक्रम
यस अध्ययन केन्द्रले आगामी कार्यक्रम अन्तर्गत आदिवासी जनजाति युवा विद्यार्थीहरुलाई केन्द्रित गरी तीन महिने ुक्षाभचकष्यल ऋयगचकभु साचालन गर्ने भएको छ । जसको उद्धेश्य आदिवासी जनजाति युवालाई आदिवासी जनजाति सवालहरुमा विद्वता हासिल गराउनु रहेको छ ।

यस अध्ययन केन्द्रले अन्तर्राष्ट्रिय श्रम संगठन महासन्धी नं। १६९ सम्बन्धी क्षेत्रीय स्तरमा प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न गर्ने भएको छ । सो तालिम पश्चिम नेपालको दुई स्थानमा गरिने छ ।
यस अध्ययन केन्द्रले आदिवासी जनजातिका विषयमा अध्ययन-अनुसन्धान गर्नुका साथै यस सम्बन्धी पुस्तकहरु प्रकाशन गर्नेछ ।